माछापुच्छ्रे बैंकको ८.२५% अग्राधिकार शेयर नेप्सेमा सूचीकृत - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

माछापुच्छ्रे बैंकको ८.२५% अग्राधिकार शेयर नेप्सेमा सूचीकृत



काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले निष्कासन गरेको ‘८.२५% माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

बैंकद्वारा जारी गरिएको प्रतिशेयर रु. १०० अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार शेयर जेठ १९ गते नेप्सेमा सूचीकृत भएको हो। यस अग्राधिकार शेयरको कुल निष्कासन मूल्य ३ अर्ब रुपैयाँ रहेको छ।

नेप्सेमा सूचीकृत भएसँगै उक्त अग्राधिकार शेयर जेठ २० गतेदेखि धितोपत्रको दोस्रो बजारमा औपचारिक रूपमा कारोबारका लागि उपलब्ध भएको बैंकले जनाएको छ। अब लगानीकर्ताहरूले दोस्रो बजारमार्फत यस शेयरको खरिद–बिक्री गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्