यशोदा फुड्सले भन्यो ‘निश्चित ब्याचबाहेक अन्य चाउचाउ खान योग्य’  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

यशोदा फुड्सले भन्यो ‘निश्चित ब्याचबाहेक अन्य चाउचाउ खान योग्य’ 



काठमाडौँ । यशोदा फुड्सले निश्चित ब्याचबाहेक अन्य ब्याचका करेन्ट चाउचाउ खान योग्य रहेको जनाएको छ । 

कम्पनीले एक सूचना जारी गर्दै कम्पनीले गुणस्तरहीन भेटिएको ब्याच बाहेक अन्य ब्याच खान योग्य रहेको जनाएको हो । 

कम्पनीलेका अनुसार  अनुसार ‘करेन्ट हट एन्ड स्पाईसी’ १०० ग्रामको उत्पादन मिति तथा ब्याच नम्बर २०२६र०२र२३(०४ए को चाउचाउ बाहेक अन्य मितिमा उत्पादित ब्याच नम्बर ०४ए वा सो भन्दा फरक ब्याच नम्बर भएका उत्पादन खान मिल्ने जनाएको छ । 

‘खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचना अनुसारको करेन्ट हट एन्ड स्पाईसी १०० ग्रामको उत्पादन मिति तथा ब्याच नम्बर २०२६र०२र२३(०४ए को चाउचाउ बाहेक अन्य मितिमा उत्पादित ब्याच नम्बर ०४ए वा सो भन्दा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरू निर्बाध रूपमा उपभोग गर्न सकिन्छ ।’ कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । 

त्यस्तै, कम्पनीले सो ब्याच बाहेकका अन्य उत्पादन ढुक्क भएर उपभोग तथा बिक्री वितरण गर्न पनि उपभोक्ता र बिक्रेता तथा अधिकृत बिक्रेतालाई आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्