प्रतिताेला २००० रूपैयाँले बढ्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रतिताेला २००० रूपैयाँले बढ्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?



काठमाडाैं । मंगलबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ। याे साता लगातार दुइ दिन घटेकाे सुनकाे मूल्य आज ताेलामा २००० रूपैयाँले बढेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे भाउ प्रतिताेला ३ लाख १ हजार ९०० रूपैयाँ ताेकिएकाे छ।

हिजाे छापावाल सुन प्रतिताेला ९०० रूपैयाँले बढेर २ लाख ९९ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै आज चाँदीकाे मूल्य पनि बढेकाे छ। यसदिन चाँदी प्रतिताेला २० रूपैयाँले बढेर ४ हजार ९२५ रूपैयाँ ताेकिएकाे छ।

चाँदी हिजाे प्रतिताेला १० रुपैयाँले बढेर ४ हजार ९०५ रुपैयाँमा काराेबार भएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्