आज पनि ५००० भन्दा बढीले घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आज पनि ५००० भन्दा बढीले घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?



काठमाडाैं । नेपाली बजारमा सुन-चाँदीको मूल्य घट्ने क्रममले आज पनि निरन्तरता पाएकाे छ। आज एकैदिन सुनकाे भाउ ताेलामा ५ हजार १०० रूपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो ताेलामा १० हजार १०० रूपैयाँले घटेर छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीकाे भाउ पनि ताेलामा ९० रूपैयाँले घटेकाे छ। यससँगै आज चाँदी ४६ सय ५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४७ सय ४० रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया दिनुहोस्