थप ४ वर्षका लागि नेपाल लाइफको सीईओमा दोहोरिए प्रवीण रमण पराजुली - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

थप ४ वर्षका लागि नेपाल लाइफको सीईओमा दोहोरिए प्रवीण रमण पराजुली



काठमाडौं । प्रवीण रमण पराजुली पुनः नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दोहोरिएका छन्।

कम्पनी सञ्चालक समितिको जेठ २९ गते बसेको बैठकले पराजुलीलाई आगामी ४ वर्षका लागि पुनः सीईओ पदमा दोहोर्‍याउने निर्णय गरेको हो।

यसअघि पराजुली २०७९ साउन ४ गते नेपाल लाइफको सीईओमा पहिलोपटक नियुक्त भएका थिए। सो कार्यकाल सफलतापूर्वक पूरा गरेपछि सञ्चालक समितिले उनलाई नै निरन्तरता दिने निर्णय गरेको हो।

नेपाल लाइफको नेतृत्व सम्हाल्नुअघि पराजुलीले सोही कम्पनीमा डेपुटी सीईओ (नायब प्रमुख कार्यकारी अधिकृत) का रूपमा समेत कार्यअनुभव बटुलिसकेका छन्। लामो समयदेखि बीमा क्षेत्रमा सक्रिय पराजुलीको नयाँ कार्यकालसँगै कम्पनीको व्यवसायिक उचाइ थप बढ्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्