सामाजिक उत्तरदायित्व अन्तर्गत नेको इन्सुरेन्सद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न  - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

सामाजिक उत्तरदायित्व अन्तर्गत नेको इन्सुरेन्सद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न 



काठमाडौं। नेको इन्सुरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न सामाजिक संघ-संस्था तथा युवा क्लबहरूसँग अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

कार्यक्रममा विभिन्न सामाजिक संस्था तथा युवा क्लबका प्रतिनिधिहरूले आफूहरूले सञ्चालन गरिरहेका सामाजिक सेवामूलक कार्यक्रमहरू, समुदायमा र्पुयाइरहेको योगदान तथा आगामी योजनाहरू प्रस्तुत गरेका थिए। साथै, उनीहरूले यस्ता सामाजिक अभियानहरूलाई थप प्रभावकारी बनाउन नेको इन्सुरेन्स लिमिटेडबाट अपेक्षित सहयोगका क्षेत्रहरूबारे आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेको इन्सुरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले संस्थागत सामाजिक उत्तरदायित्वलाई कम्पनीको प्रमुख प्राथमिकतामध्ये एक रहेको उल्लेख गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ प्रभावकारी तथा दिगो सामाजिक कार्यक्रमहरूमा सहकार्य गर्न कम्पनी सदैव प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा सहभागी संस्थाहरूले प्रस्तुत गरेका प्रस्तावहरू तथा सामाजिक प्रभावका आधारमा नेको इन्सुरेन्स लिमिटेडले आगामी दिनमा सहयोग गर्न उपयुक्त परियोजनाहरू छनोट गरी संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आवश्यक सहयोग प्रदान गर्ने जनाएको छ ।

कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन, कर्मचारीहरू तथा विभिन्न सामाजिक संघ-संस्था एवं युवा क्लबका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले यस प्रकारको अन्तरक्रियात्मक कार्यक्रमले निजी क्षेत्र र सामाजिक संस्थाबीच सहकार्यको वातावरण सुदृढ भई समाज विकासमा थप सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

देशको निर्जीवन बीमा बजारमा विगत ३० बर्ष देखि सेवा पुयाउँदै आएको नेको इन्सुरेन्स लिमिटेडले ग्राहकको सेवामा समर्पित हुँदै नयाँ नयाँ बीमा योजना, ठाउँको ठाउँ दावी भुक्तानी जस्ता सेवाहरु बीमित समक्ष ल्याएको छ । जसको फलस्वरुप देशको अग्रणी बीमा कम्पनीको रुपमा आफूलाई स्थापित गर्न सक्षम भएको छ ।


प्रतिक्रिया दिनुहोस्