एकैदिन तोलामा ३६ सय रुपैयाँले सस्तियाे सुन, आज कतिमा हुँदैछ काराेबार ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एकैदिन तोलामा ३६ सय रुपैयाँले सस्तियाे सुन, आज कतिमा हुँदैछ काराेबार ?



काठमाडाैं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको भाउ घट्ने क्रमले निरन्तरता पाएकाे छ। हिजाे मंगलबार ताेलामा १ हजार ६०० रूपैयाँले घटेकाे सुनकाे भाउ आज एकैदिन प्रतिताेला ३६ सय रूपैयाँ घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि ताेलामा १५० रूपैयाँ घटेको छ।

मंगलबार प्रतितोला चार हजार पाँच सय ९० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार चमर सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्