तुँदी पावरको आईपीओ निष्कासनका लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक नियुक्त - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

तुँदी पावरको आईपीओ निष्कासनका लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक नियुक्त



काठमाडौं । तुँदी पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) निष्कासनका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित दरका १ करोड कित्ता साधारण शेयर निष्कासन गर्नेछ। उक्त शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, कर्मचारी, सामूहिक लगानी कोषका योजनाहरू तथा सर्वसाधारणका लागि छुट्याइने कम्पनीले जनाएको छ।

यस सम्बन्धी सम्झौतापत्रमा तुँदी पावर कम्पनीका महाप्रबन्धक इन्द्रप्रसाद ढकाल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा (सीईओ) ले हस्ताक्षर गरेका छन्।

तुँदी पावर कम्पनीले म्याग्दी जिल्लाको रघुगंगा नदीको पानी उपयोग गरी ३५.५ मेगावाट क्षमताको चिमखोला–रघुघाट–मंगले जलविद्युत आयोजना तथा ४८.५ मेगावाट क्षमताको माथिल्लो रघुघाट जलविद्युत आयोजना निर्माण गरेको छ। दुवै आयोजनाबाट २०८२ साउन २० गतेदेखि व्यावसायिक रूपमा विद्युत उत्पादन सुरु भइसकेको छ।

कम्पनीका अनुसार दुवै आयोजनाबाट उत्पादित विद्युत रघुघाट जलविद्युत आयोजनाको सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर बिक्री भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्