९०० रुपैयाँले घट्यो सुनको मूल्य  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

९०० रुपैयाँले घट्यो सुनको मूल्य 



काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका महासंघका अनुसार आज सुनको मूल्य तोलाको ९०० रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको छ । 

चाँदी पनि आज तोलामा ५५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्