सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढेको हो।
शुक्रबार प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज १९ सयले बढेर २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ४ हजार २०० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार ४० रुपैयाँले बढेर ४ हजार २४० रुपैयाँ पुगेको हो।













