एकैदिन साढे ५ हजारले बढ्यो सुनको मूल्य, चाँदीको कति ?
काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुन -चाँदीको मूल्य बढेको छ । हिजाे ताेलामा १ हजार रूपैयाँले बढेकाे सुन आज पनि प्रतिताेला ५ हजार ४०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार आज छापावाल सुन प्रतितोला सुन २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यता, आज चाँदीको भाउ पनि ताेलामा ११० बढेको छ । योसँगै आज चाँदी तोलामा ४ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।













