एकैदिन साढे ५ हजारले बढ्यो सुनको मूल्य, चाँदीको कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एकैदिन साढे ५ हजारले बढ्यो सुनको मूल्य, चाँदीको कति ?



काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुन -चाँदीको मूल्य बढेको छ । हिजाे ताेलामा १ हजार रूपैयाँले बढेकाे सुन आज पनि प्रतिताेला ५ हजार ४०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार आज छापावाल सुन प्रतितोला सुन २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यता, आज चाँदीको भाउ पनि ताेलामा ११० बढेको छ । योसँगै आज चाँदी तोलामा ४ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया दिनुहोस्