सुनचाँदीको भाउमा लगातार वृद्धि: सुनको मूल्य २ लाख ९१ हजार नाघ्यो, चाँदी पनि महँगियो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सुनचाँदीको भाउमा लगातार वृद्धि: सुनको मूल्य २ लाख ९१ हजार नाघ्यो, चाँदी पनि महँगियो



काठमाडाैं । बिहिबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ। हिजाे ताेलामा एकैदिन ५ हजार ४०० रुपैयाँले बढेको सुनकाे भाउ आज ताेलामा ३०० रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार आज छापावाल सुन प्रतितोला सुन २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजाे छापावाल सुन प्रतितोला सुन २ लाख ९१ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै आज चाँदीको भाउ पनि ताेलामा २५ रूपैयाँ बढेको छ । हिजाे प्रतितोलामा ४ हजार ४ सय ८० रुपैयाँमा काराेबार भएकाे चाँदी आज प्रतिताेला ४ हजार ५०५ रूपैयाँ ताेकिएकाे छ।


प्रतिक्रिया दिनुहोस्