७ श्रावण २०८३, बिहिबार

सलिकोले एक वर्षमै गर्‍यो साढे ५ अर्ब बीमा शुल्क आर्जन, दाबी भुक्तानी ५ अर्ब नजिक



काठमाडौं । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनीहरूमध्ये एक सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिकाे) ले गत एक वर्षमा करिब ५ अर्ब रूपैयाँ दाबी भुक्तानी गरेकाे छ। गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले ४ अर्ब ९६ कराेड रूपैयाँ दाबी भुक्तानी गरेकाे हाे ।

यस्तै यस अवधिमा कम्पनीले ५ अर्ब ४२ कराेड रूपैयाँ कुल बीमा शुल्क संकलन गरेकाे छ। 

पछिल्ला केही वर्षयता कम्पनीले व्यवसाय विस्तार, सेवा सञ्जालको सुदृढीकरण तथा ग्राहक पहुँचमा निरन्तर वृद्धि गर्दै उल्लेखनीय प्रगति हासिल गरेको छ । यससँगै दाबी भुक्तानी क्षमतामा समेत उल्लेखनीय वृद्धि गर्दै सलिकाेले ग्राहकप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तर प्रमाणित गर्दै आएको जनाएकाे छ । 

यस अवसरमा सलिकाेका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले कम्पनीमाथि निरन्तर विश्वास गर्ने सम्पूर्ण ग्राहक, अभिकर्ता, व्यवसायिक साझेदार, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट सेवा, छिटो दाबी भुक्तानी, नवीन बीमा समाधान तथा ग्राहक केन्द्रित सेवामार्फत यस विश्वासलाई अझ सुदृढ बनाउँदै जाने हाम्रो प्रतिबद्धता व्यक्त गरे । 

सलिकाेले आगामी दिनहरुमा पनि प्रविधिमैत्री सेवा सहज दाबी व्यवस्थापन तथा नवीन बीमा समाधानमार्फत ग्राहकलाई अझ सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्दै नेपालको बीमा क्षेत्रको दिगो विकासमा आफ्नो योगदानलाई निरन्तर अगाडि बढाउने विश्वास समेत व्यक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्