११ श्रावण २०८३, सोमबार

साताको पहिलो दिन सेयर बजारमा भारी गिरावट, नेप्से ३३.२८ अंकले घट्दा २३४ कम्पनीका लगानीकर्ताले गुमाए



काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा भारी गिरावट आएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.२८ अंकले घटेर २७ सय १ दशमलव ३२ बिन्दुमा कायम भएको छ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ। आज ३६० कम्पनीको १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता शेयर ६ अर्ब ८ करोड ८ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको छ।

अघिल्लो कारोबार दिन शुक्रबार ३५३ कम्पनीको १ कराेड ३६ लाख ८३ हजार ५९९ कित्ता शेयर ६ अर्ब २६ करोड ७२ लाख २६ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज वाणिज्य बैंक र म्युचुअल फण्डबाहेक सबै उपसमूहका सूचक घटेका छन्। यसदिन उत्पादन तथा प्रशोधन समूहकाे उपसूचक सर्वाधिक २.३२, व्यापार २.२३, हाेटल तथा पर्यटन २.२२, हाइड्राेपावर १.९०, विकास बैंक १.८२, अन्य १.६९, माइक्राेफाइनान्स १.२७, जीवन बीमा १.२५ र निर्जीवन बीमा १.२१ प्रतिशत घटेकाे छ।

आजको कारोबारमा ३६ कम्पनीको शेयर मूल्य बढेको छ भने २३४ कम्पनीको घटेको छ। यस्तै ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। आज एभरेष्ट कलर लिमिटेडकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ।