सुनको मूल्य ताेलामा १००० रूपैयाँ घट्दा चाँदीको भने बढ्यो
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको भाउमा सामान्य वृद्धि भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले सस्तो भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले महँगिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने प्रतितोला ४ हजार ३२० रुपैयाँ कायम गरिएको छ।
मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँ र चाँदी ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो। त्यसको तुलनामा आज सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको हो।













