१३ श्रावण २०८३, बुधबार

इनफिनिक्सका स्मार्टफोन अब शुन्य प्रतिशत ब्याजदरको ईएमआईमा खरिद गर्न सकिने



काठमाडौं । इनफिनिक्स नेपालले आफ्ना स्मार्टफोन खरिदलाई थप सहज बनाउन ‘ठूला फोन, सानो किस्ता’ अभियान सञ्चालन गरेको छ। यस अभियानअन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरको किस्ताबन्दी सुविधामार्फत इनफिनिक्सका विभिन्न स्मार्टफोन खरिद गर्न सक्नेछन्।

कम्पनीका अनुसार योजनाअन्तर्गत स्मार्टफोन खरिद गर्दा ग्राहकले ४० प्रतिशत रकम अग्रिम भुक्तानी गर्नुपर्नेछ भने बाँकी रकम १२ महिनासम्म शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीमार्फत तिर्न सक्नेछन्। यो सुविधा गुडविल फाइनान्स लिमिटेडको सहकार्यमा उपलब्ध गराइएको हो।

यस योजनामा हट ७०, नोट एज, नोट ६०, नोट ६० प्रो र जिटी ३० प्रो शृङ्खलाका विभिन्न स्मार्टफोन समावेश छन्। ग्राहकले आफ्नो बजेटअनुसार अग्रिम रकम बुझाएर बाँकी रकम मासिक किस्तामा भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस योजनाले एकैपटक ठूलो रकम तिर्नुपर्ने बाध्यता हटाउँदै अत्याधुनिक प्रविधियुक्त स्मार्टफोन सबैको पहुँचमा पुर्‍याउने लक्ष्य राखेको छ। शक्तिशाली कार्यसम्पादन, आधुनिक विशेषता र आकर्षक डिजाइन भएका स्मार्टफोन सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीको भनाइ छ।

शून्य प्रतिशत ब्याजदरको किस्ताबन्दी सुविधा नेपालभर रहेका इनफिनिक्सका आधिकारिक विक्रेता तथा सहभागी बिक्री केन्द्रमार्फत उपलब्ध हुनेछ। कम्पनीले यस योजनाबाट ग्राहकले आफ्नो आर्थिक क्षमताअनुसार भुक्तानी गर्दै नयाँ स्मार्टफोन प्रयोग गर्ने अवसर प्राप्त गर्ने जनाएको छ।ई आर्थिक लचकतासहित नयाँ स्मार्टफोनमा सहज रूपमा स्तरोन्नति गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।