१४ श्रावण २०८३, बिहिबार

ब्रिटिस प्रोफेसनल कलेजका विद्यार्थी एसीसीए जुन–२०२६ परीक्षामा नेपाल र विश्वस्तरमै उत्कृष्ट



काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुप (बीईजी) अन्तर्गत सञ्चालित ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी) का विद्यार्थीहरूले एसीसीएको जुन–२०२६ परीक्षा सत्रमा नेपाल र विश्वस्तरमा उत्कृष्ट नतिजा हासिल गरेका छन्।

एसीसीएको प्लाटिनम स्वीकृत शिक्षण साझेदार तथा कम्प्युटरमा आधारित परीक्षा केन्द्रका रूपमा मान्यता प्राप्त कलेजले गुणस्तरीय शिक्षा, व्यावसायिक मार्गदर्शन र अनुकूल सिकाइ वातावरणमार्फत अन्तर्राष्ट्रिय स्तरको योग्यता हासिल गर्न विद्यार्थीलाई सहयोग गर्दै आएको जनाएको छ।

कलेजका अनुसार जुन–२०२६ परीक्षा सत्रमा सहारा मगियाले पीएम विषयमा नेपाल प्रथम र विश्व आठौँ स्थान हासिल गरेकी छन्। त्यस्तै, आशुतोष शर्माले एसबीआर विषयमा नेपाल प्रथम र विश्व एघारौँ स्थान प्राप्त गरेका छन् भने नेहा खतिवडाले एसबीएल विषयमा नेपाल प्रथम र विश्व अठारौँ स्थान हासिल गरेकी छन्।

यसैगरी, राकेश साहले एसबीआर विषयमा नेपाल दोस्रो र विश्व तेह्रौँ स्थान प्राप्त गरेका छन्। शेलिस्मा शिवाकोटीले पीएम विषयमा नेपाल तेस्रो र विश्व तेह्रौँ स्थान हासिल गरेकी छन् भने आशास्वी कुमारी श्रेष्ठले एटिएक्स विषयमा नेपाल दोस्रो र विश्व सत्रौँ स्थान प्राप्त गरेकी छन्।

विद्यार्थीहरूको उपलब्धिप्रति बधाई दिँदै ब्रिटिस एजुकेसन ग्रुपका व्यावसायिक शिक्षाका प्रमुख दिपेन्द्र के. श्रेष्ठले यी नतिजा विद्यार्थीहरूको अथक मेहनत र अनुभवी शिक्षकहरूको निरन्तर सहयोगको प्रतिफल भएको बताए।

उनले ब्रिटिस प्रोफेसनल कलेजले उत्कृष्ट शैक्षिक वातावरण उपलब्ध गराउँदै विद्यार्थीलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने लक्ष्यका साथ काम गरिरहेको उल्लेख गरे। विद्यार्थीहरूले विश्वस्तरमै उत्कृष्ट प्रदर्शन गर्नु कलेजका लागि गर्वको विषय भएको उनको भनाइ छ।

कलेजले आगामी सेप्टेम्बर शैक्षिक सत्रका लागि भर्ना खुला रहेको जानकारी दिँदै सीमित सिट भएकाले इच्छुक विद्यार्थी तथा वित्तीय क्षेत्रका पेशेवरलाई ललितपुरको चाकुपाटस्थित कलेजमा सम्पर्क गरी समयमै भर्ना प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।