१४ श्रावण २०८३, बिहिबार

‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत



काठमाडौं । प्रतिनिधिसभाले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई थप अध्ययन तथा दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको छ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त प्रस्ताव पेश गरेका थिए, जसलाई सांसदहरूले सर्वसम्मतिले अनुमोदन गरेका हुन्।

यसैबीच, बैठकले पूर्वउपप्रधानमन्त्री तथा संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्तावसमेत पारित गरेको छ।

सभामुख डोलप्रसाद अर्यालका अनुसार अब प्रतिनिधिसभाको अर्को बैठक साउन १९ गते मंगलबार दिउँसो १ बजे बस्नेछ।