राहदानी प्रकरणः परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ
काठमाडौं । परराष्ट्र मन्त्रालयमा कार्यरत सहसचिव पुष्पराज भट्टराईलाई प्रहरीले राहदानीसम्बन्धी कसुरको आरोपमा नियन्त्रणमा लिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार दिउँसो काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रबाट उनलाई पक्राउ गरेको हो।
सीआईबीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा भट्टराईले २०६८ सालमा राहदानी ऐनविपरीत कार्य गरेको तथ्य फेला परेपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो। सोही घटनालाई आधार बनाएर उनीविरुद्ध २०८२ चैतमा मुद्दा दर्ता गरिएको प्रहरी स्रोतले जनाएको छ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी भट्टराईलाई अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ।













