सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो
काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज प्रतितोला २ सय रुपैयाँले घटेको हो।
सोमबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएकोमा आज छापावाल सुन मंगलबारका लागि २ लाख ८३ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ।
यता, चाँदीको मूल्य भने उकालो लागेको छ। सोमबार प्रतितोला ४ हजार ३५० रुपैयाँ रहेको चाँदी मंगलबार ३० रुपैयाँले बढेर प्रतितोला ४ हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।













