अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै
काठमाडौं। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरुसँग छलफल गर्दै छन्। आज दिउँसो ३ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा छलफल आयोजना हुने अर्थमन्त्री डा. स्वर्णीम वाग्लेको सचिवालयले जनाएको छ।
बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यन्वयनमा प्रमुख वित्तीय संस्थाहरुको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन अर्थमन्त्री वाग्लेले बैंकका सिइओहरुलाई छलफलमा बोलाएका हुन्।
उक्त छलफलमा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरु सहभागी हुनेछन्।












