१९ श्रावण २०८३, मंगलबार

सेयर बजारमा दोहोरो अंकको गिरावटः १३ वटै उपसुचक राताम्मे, ४ अर्बमा खुम्चियाे कारोबार



काठमाडौं। साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार भारी मात्रामा ओरालो लागेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलब १५ अंकले घटेर २६ सय ६३ दशमलव १८ बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आज कारोबार रकम पनि घटेको छ। आज ४ अर्ब ७ करोड ८ लाख ५३ हजार रुपैँया बराबरको कारोबार हुँदा कुल १ करोड ७ लाख ६१ हजार ३ सय ९६ कित्ता सेयर किनबेच भएका छन्। सोमबाार ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैँया बराबरको कारोबार हुँदा कुल १ करोड १४ लाख ४९ हजार ९ सय ८७ कित्ता सेयर किनबेच भएका थियो।

आज ५८ कम्पनीको सेयर मूल्य बढ्दा २१४ वटा कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थीर रहेको छ।

आज १३ वटै उपसुचक घटेका छन्। आज सर्वाधिक एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य १५.०० प्रतिशत र खानीखोला हाइड्रोपावरको सेयर मूल्य १०.०७ प्रतिशतले बढेको छ।