१९ श्रावण २०८३, मंगलबार

क्यानका पूर्वमहानिर्देशक अधिकारीलाई ३ लाख धरौटीमा छाड्न आदेश



काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पक्राउ परेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

मंगलबार विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्य हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपको मुद्दामा सुनुवाइ गर्दै अधिकारीलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।

विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार भने अधिकारीविरुद्ध अन्य मुद्दा पनि विचाराधीन रहेकाले यस मुद्दामा धरौटी बुझाए पनि उनी तत्काल थुनामुक्त हुने छैनन्। अन्य मुद्दामा थुनामा रहेकाले उनी कारागारमै रहने जनाइएको छ।