आज ४.७९ अंकले बढ्यो नेप्से, ४ अर्ब ४० करोड माथिकाे कराेबार
काठमाडौं। दिनभरकाे उताचढावबीच बुधबार सेयर बजार लयमा फर्किएकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक ४ दशमलब ७९ अंकले बढेर २६ सय ६७ दशमलव ९७ बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
नेप्से परिसूचकसँगै यसदिन कारोबार रकम पनि बढेको छ। आज ३५० कम्पनीको १ करोड ६७ हजार ७ सय ३२ कित्ता सेयर ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार रुपैँयामा कारोबार भएको छ।
हिजो ४ अर्ब ७ करोड ८ लाख ५३ हजार रुपैँया बराबरको कारोबार हुँदा कुल १ करोड ७ लाख ६१ हजार ३ सय ९६ कित्ता सेयर किनबेच भएको थियो।
आज होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य समूहका उपसूचक बढेकाेमा व्यापार समुहको उपसुचक १.६० प्रतिशत र हाइड्रोपावर समुहको उपसुचक १.४५ प्रतिशतले बढेको छ। बाँकी सबै उपसूचकहरू घटेका छन् ।
आज १२२ कम्पनीको सेयर मूल्य बढ्दा १४३ वटा कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थीर रहेको छ। यसदिन सर्वाधिक सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १४.९९ प्रतिशत र शिखर पावर डेभलपमेन्टको सेयर मूल्य ५.९१ प्रतिशतले बढेको छ । यता एभरेष्ट कलर लिमिटेडकाे सेयर मूल्य सर्वाधिक ९.०३ प्रतिशतले घटेको छ।













