नेपाल लाइफले शेयरधनीको खातामा ५ प्रतिशत बोनस सेयर जम्मा गर्यो
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही सेवा खातामा ५ प्रतिशत बोनस सेयर जम्मा गरेको छ।
कम्पनीका अनुसार २०८२ पुस १९ गते सम्पन्न वार्षिक साधारण सभाबाट स्वीकृत ५ प्रतिशत बोनस सेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिएको हो।
कम्पनीले २०८२ पुस ७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम रहेका शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा भइसकेको जानकारी दिएको छ। साथै, बोनस सेयर प्राप्त गर्न बाँकी रहेका शेयरधनीलाई आफ्नो डिम्याट खाताको विवरण अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको छ।













