करदाता प्रोत्साहन योजनामा बम्पर उपहारको वर्षा: १५ जनाले पाए १ लाख
काठमाडाैं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको लक्की ड्रमार्फत विजेताहरू सार्वजनिक गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा नगद पुरस्कार जित्ने करदाताको घोषणा गरिएको हो।
यसपटक १५ जना भाग्यशाली करदाताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ बराबरको पुरस्कार प्राप्त गरेका छन्। विभागका अनुसार विजेताले प्रचलित कानुनअनुसार कर कट्टीपछि १ लाख रुपैयाँ हात पार्नेछन्।
१ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार प्राप्त गर्ने कुपन नम्बरहरू क्रमशः ००७७५५५८०६७०, ०१५६११०५८०७५, ०१२२५८०८६५८८, ०१४९७३९०७३३, ००६८४१५५३५३७, ००२९२८८१७८११, ००९८९१७८३३२४५, ००४७८०८४०८८४, ०१०८३७१८०३३२, ००५५८८५०६०८५, ००३००६७७८५८९, ००८७८२४८६३३५, ०१३०३५२३०२९७, ००१८०८९६५९८६ र ०११३८०९१४५८० रहेका छन्।
विभागले १० लाख रुपैयाँको बम्पर पुरस्कार विजेता पनि घोषणा गरेको छ। प्रारम्भिक विवरणअनुसार उक्त भाग्यशाली कुपन साउन ७ गते गरिएको खरिदबाट प्राप्त भएको हो। विजेताको विस्तृत पहिचान तथा अन्य आवश्यक प्रक्रिया विभागले पूरा गर्ने जनाएको छ।
आन्तरिक राजस्व विभागका अनुसार १० लाख रुपैयाँको बम्पर पुरस्कार कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जनरल स्टोरबाट सामान खरिद गर्ने उपभोक्ताको नाममा परेको हो। ती उपभोक्ताले सो स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका थिए ।













