२२ श्रावण २०८३, शुक्रबार

रिलायबल समृद्धि योजना–२ का इकाइहरू नेप्सेमा सूचीकृत



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कोष प्रवर्द्धक तथा रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको “रिलायबल सामूहिक लगानी कोष” अन्तर्गत सञ्चालित रिलायबल समृद्धि योजना–२ का इकाइहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यही साउन २२ गते सूचीकृत भएका छन् ।

नेपाल धितोपत्र बोर्डबाट २०८३ साल वैशाख ३ गते सार्वजनिक निष्कासनको स्वीकृति प्राप्त गरेको उक्त योजनाको इकाईहरूको अन्तिम बाँडफाँट २०८३ साल असार ४ गते सम्पन्न भएको थियो । 

कुल १२ करोड ५० लाख इकाई रहेको यस बन्द मुखी सामूहिक लगानी कोषको प्रति इकाई अङ्कित मूल्य १० तथा कुल कोष आकार १ अर्ब २५ करोड रहेको छ। योजनाको अवधि १० वर्ष रहनेछ ।

योजनाका इकाइहरू २०८३ साल साउन २२ गते नेप्सेमा सूचीकृत भएका हुन् भने दोस्रो बजारमा कारोबार २०८३ साल साउन २५ गतेदेखि सुरु हुनेछ ।

रिलायबल समृद्धि योजना–२ ले व्यावसायिक कोष व्यवस्थापनमार्फत लगानीकर्तालाई दीर्घकालीन पुँजी वृद्धि तथा सन्तुलित प्रतिफल प्रदान गर्ने लक्ष्य राखेको छ ।