२२ श्रावण २०८३, शुक्रबार

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा, प्रतिफल कति ? 



काठमाडौं । कतिपय ठुला वाणिज्य बैंकहरुले वित्तीय विवरण प्रकाशन नगर्दै कामना सेवा विकास बैंकले आ.व. २०८२/८३ को मुनाफाबाट आफ्ना सेयर धनीहरूलाई लाभांश घोषणा गरेको छ । 

बैंकले अग्राधिकार सेयर धनीहरूलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिबाट असार मसान्त, २०८३ सम्म अनुपातिक रूपमा ९ प्रतिशत र साधारण सेयर धनीहरूलाई १५ प्रतिशत नगद लाभांश (कर समेत) घोषणा गरेको हो । 

बैंकले सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत तथा बैंकको २० औं वार्षिक साधारण सभाबाट पारित भए पश्चात् सेयर धनीहरूले प्राप्त गर्नेछन् । गत वर्ष बैंकले बोनस शेयर र नगद लाभांश गरी जम्मा १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो । 

बैंकको मिति २०८३ साउन २२ गते शुक्रवार दिनको ४ बजे बैंकको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको ४१९ औँ बैठकले उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । 

बैंकले सेयर धनीलाई गत वर्षकै हाराहारीमा लाभांश दिन सफल भएको हो ।