२४ श्रावण २०८३, आइतबार

एकैदिन ४ हजार ८०० रूपैयाँ बढ्याे सुनकाे भाउ, ३ लाख नाघ्याे ताेलाकाे



काठमाडौँ । आइतबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ। अघिल्लाे काराेबार दिन गत शुक्रबार प्रतितोला ९ सय रुपैयाँले बढाे सुनकाे भाउ आज एकैदिन ताेलामा ४ हजार ८०० रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतिताेला २ लाख ९६ हजार ९ सय रुपैयाँमा काराेबार भएकाे थियाे।

यता, चाँदीको मूल्य आज ६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबार चाँदी ४ हजार ५ सय ८० रुपैयाँमा किनबेच भएकाे थियाे।