सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य कति ?
काठमाडौं । अघिल्लो दिन प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार भने सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर ३ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ।
आइतबार सुन प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
पछिल्लो पाँच कारोबार दिनलाई हेर्दा भने सुनको मूल्य प्रतितोला १७ हजार ७ सय रुपैयाँले बढेको छ। गत मंगलबार प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य सोमबारसम्म आइपुग्दा ३ लाख १ हजार ५ सय रुपैयाँ पुगेको हो।
यता, चाँदीको मूल्य भने सोमबार बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ६ सय ७० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।













