सुनचाँदीको मूल्यमा उछाल, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। छापावाल सुनको भाउ एकैदिन प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको छ।
मंगलबार चाँदीको मूल्यसमेत बढेको छ। सोमबार प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँ रहेको चाँदी मंगलबार १ सय १० रुपैयाँले उकालो लाग्दै ४ हजार ७ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।













