प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा दिउँसो बस्ने बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुने कार्यसूची रहेको छ।
संघीय संसद् सचिवालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव सदनमा पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।
आजै दुई संसदीय समितिको बैठक
प्रतिनिधिसभाको बैठकसँगै आज दुई संसदीय समितिको बैठक पनि बस्दै छन्। सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्ने कार्यसूचीमा उल्लेख छ।
सार्वजनिक लेखा समितिको बैठकमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यसक्रममा भएका घटनाका कारण जलेका सरकारी स्रेस्तासम्बन्धी विषयमा छलफल हुदैछ।
त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिले डिजिटल अर्थतन्त्रसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।













