२६ श्रावण २०८३, मंगलबार

सेयर बजारकाे सुस्त गति: परिसूचक ०.७९ अंकले बढ्दा ४ अर्ब ११ करोडकाे कारोबार



काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा उत्साह देखिएन । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ० दशमलव ७९ अंकले बढेर २ हजार ६ सय ४१ को विन्दुमा कायम भएको छ ।

आज वाणिज्य बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा र अन्य समुहको उपसूचकहरूमा झिनो सुधार देखिएको छ भने बाँकी सबै उपसूचक घटेका छन् ।

नेप्से परिसूचकसँगै यसदिन कारोबारमा पनि झिनो सुधार देखिएको छ। आज ३४० कम्पनीको ९५ लाख ३४ हजार २२१ कित्ता सेयर ४ अर्ब ११ करोड ९ लाख ७४ हजार रुपैँयामा कारोबार भएको छ।

हिजो ३५२ कम्पनीको १ करोड ९ लाख ६६ हजार ७४५ कित्ता सेयर ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार रुपैँयामा कारोबार भएको थियो ।

यसदिनको कारोबारमा १३३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२२ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै २० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। आज उपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य १४.९९ प्रतिशत बढेको छ भने महिला लघुबित्तको सेयर मूल्य १४.९१ प्रतिशतले घटेको छ।