२७ श्रावण २०८३, बुधबार

भारतको पहिलो ‘डी प्लस’ एसयुभी एमजी म्याजेस्टर नेपालमा, एक्सपाेमा गाडी किन्दा १५.५० लाखसम्मको प्याकेज अफर



काठमाडौँ । मंगलबारदेखि काठमाडाेंकाे भृकुटीमण्डपमा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा नयाँ एमजी म्याजेस्टर सार्वजनिक भएकाे छ।

जेएसडब्लू एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक गो अटोमोबाइल्स प्रालिले नयाँ एमजी म्याजेस्टर सार्वजनिक गरेकाे हाे ।

एमजी म्याजेस्टर हालसम्म नेपालमा सार्वजनिक गरिएको एमजीको सबैभन्दा ठूलो, शक्तिशाली र प्रिमियम एसयूभी हो। यो भारतको पहिलो डी प्लस एसयूभी हो, जुन परम्परागत फुल-साइज एसयूभीभन्दा माथिल्लो सेग्मेन्टमा पर्छ। यो आफ्नो वर्गमा सबैभन्दा अग्लो, चौडा र लामो एसयूभी हो। भारतबाहिर यसलाई प्राप्त गर्ने विश्वका प्रारम्भिक बजारमध्ये नेपाल पनि एक हो।

कम्पनीका अनुसार एमजी म्याजेस्टर अरूसँग प्रतिस्पर्धा गर्न आएको होइन, यसले आफ्नै श्रेणी निर्माण गरिरहेको छ। यो कम्प्याक्ट एसयूभी वा सामान्य ७ सिटरसँग प्रतिस्पर्धा गर्दैन र नेपाली सडकमा यसले आफैँमा एउटा प्रभावशाली उपस्थितिको प्रतिनिधित्व गर्छ।

यो गाडी चल्नुअघि नै आफ्नो प्रभाव छोड्न सक्षम छ, जसको ५ मिटरभन्दा बढी लम्बाइ, २ मिटरभन्दा बढी चौडाइ र करिब १.९ मिटर उचाइ भएको प्रभावशाली आकारले सडकमा असाधारण उपस्थितिको अनुभूति गराउँछ।

लेडर-फ्रेम निर्माण, मांसल बडी लाइन्स र बोल्ड ग्रिलले यसलाई फोर्ट्रेसजस्तो बलियो र प्रभावशाली स्वरूप प्रदान गर्छ। यसमा रहेको २१९ मिमी ग्राउन्ड क्लियरेन्स तथा २६५/५५ आर१९ अल-टेरेन टायरले यसलाई नेपालको विविध भूगोलका लागि उपयुक्त बनाउँछ, जसका कारण काठमाडौँका व्यस्त सडकदेखि पहाडी राजमार्ग र ग्रामीण सडकसम्म सहजै चलाउन सकिन्छ।

एमजी म्याजेस्टरमा २.० लिटर ट्विन-टर्बो डिजेल इन्जिन जडान गरिएको छ, जसले २१५.५ पीएस पावर र ४७८.५ एनएम टर्क उत्पादन गर्छ। यसलाई स्मूथ ८-स्पीड अटोमेटिक ट्रान्समिसनसँग जोडिएको छ। यस संयोजनले राजमार्गमा सहज ड्राइभिङका साथै उत्कृष्ट पुलिङ पावर प्रदान गर्छ, जुन नेपालको पहाडी भूभागका लागि विशेष रूपमा उपयोगी छ।

एमजी म्याजेस्टर ४ बाइ २ (रियर-ह्विल ड्राइभ) र ४ बाइ ४ (फोर-ह्विल ड्राइभ) दुवै कन्फिगरेसनमा उपलब्ध छ। यसले नेपालमा उपलब्ध प्रतिस्पर्धी ४ डब्लूडी एसयूभीहरूसँग प्रतिस्पर्धा गर्ने क्षमता राख्नुका साथै थप प्रविधि, थप स्पेस र थप मूल्य प्रदान गर्छ। यस एसयूभीको अफ-रोड क्षमताले यसलाई नेपाली सडकमा उपलब्ध अन्य गाडीहरूबाट अलग बनाउँछ। यसमा स्यान्ड, स्नो, मड र रक लगायतका १० वटा अफ-रोड मोडहरू उपलब्ध छन्।

त्यसैगरी यसमा फ्रन्ट, सेन्टर र रियर गरी ट्रिपल डिफ्रेन्सियल लक र ८१० मिमीको वाटर वेडिङ क्षमता रहेको छ, जसका कारण तराईका समथर भूभागदेखि हिमाली ट्रेलसम्मका नेपालले प्रस्तुत गर्ने हरेक सडकका लागि म्याजेस्टर तयार छ।

एमजी म्याजेस्टरको भित्री भागले फर्स्ट-क्लास अनुभव प्रदान गर्छ। यसको क्याबिनमा ६ सिटर कन्फिगरेसन उपलब्ध छ, जसमा दोस्रो पङ्क्तिमा क्याप्टेन सिटहरू रहेका छन्, जसले फर्स्ट-क्लास कम्फर्ट चाहने ग्राहकका लागि विशेष अनुभव प्रदान गर्छ। यसका साथै परिवार र व्यावहारिकताका लागि ७ सिटर कन्फिगरेसन पनि उपलब्ध छ।

अगाडिका सिटमा एम-लाउन्ज मल्टि-मोड मसाज र भेन्टिलेसन सुविधा रहेको छ भने ग्यालेक्सी भ्यु प्यानोरामिक ग्लास रूफले क्याबिनभित्र पर्याप्त प्राकृतिक प्रकाश प्रवेश गराउँछ। त्यस्तै, १२.३ इन्चको एचडी पोट्रेट इन्फोटेनमेन्ट स्क्रिन तथा ७५ भन्दा बढी कनेक्टेड कार फिचर्सले ड्राइभिङ अनुभवलाई थप सहज र प्रिमियम बनाउँछन्, जसमा रिमोट कन्ट्रोल, भोइस कमान्ड्स र स्मार्ट अलर्ट्स लगायतका प्रविधि समावेश छन्।

सुरक्षा एमजी म्याजेस्टरको डिजाइनको केन्द्रमा रहेको छ। यसमा ६ वटा एयरब्याग, लेभल २ एडास (अडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम्स), ३६० डिग्री क्यामेरा तथा इलेक्ट्रोनिक पार्किङ ब्रेक जस्ता सुरक्षा सुविधा उपलब्ध छन्।

गो अटोमोबाइल्सले प्रत्येक एमजी म्याजेस्टरमा ५ वर्ष वा १ लाख किलोमिटर वारेन्टी तथा नेपालभर २४ बाइ ७ रोडसाइड असिस्टेन्स उपलब्ध गराएको छ, जसले ग्राहक-केन्द्रित सेवाप्रतिको कम्पनीको प्रतिबद्धतालाई थप बलियो बनाउँछ।

गो अटोमोबाइल्सको नेपालप्रतिको प्रतिबद्धता केवल गाडी बिक्रीमा मात्र सीमित छैन।कम्पनीले काठमाडौँको धोबीघाटमा डेडिकेटेड एमजी सर्भिस वर्कसप सञ्चालन गरिरहेको छ र नेपालभर सर्भिस सेन्टरको नेटवर्क विस्तार भइरहेको छ। ग्राहकका लागि २४ बाइ ७ रोडसाइड असिस्टेन्स, सहज रूपमा उपलब्ध स्पेयर पार्ट्स तथा प्रशिक्षित टेक्निसियन्सको व्यवस्था गरिएको छ।

गो अटोमोबाइल्स प्राइभेट लिमिटेडका म्यानेजिङ डाइरेक्टर आकाश गोल्छाले आफूहरू नेपालमा केवल गाडी बिक्री मात्र नगरी एउटा यस्तो इकोसिस्टम निर्माण गरिरहेको बताए, जहाँ प्रत्येक एमजी ग्राहकले आफू जहाँसुकै ड्राइभ गरे पनि विश्वस्तरीय सपोर्ट प्राप्त गर्न सकून्।

नाइमा मोबिलिटी एक्स्पो २०२६ मा एमजी म्याजेस्टर बुक गर्ने प्रत्येक ग्राहकले विशेष भ्यालु प्याकेजअन्तर्गत १५ लाख ५० हजार रुपैयाँसम्मको मूल्य अभिवृद्धि र फाइदाहरू प्राप्त गर्नेछन्। यस अफरअन्तर्गत ग्राहकले ८ लाख रुपैयाँको सियोर सट क्यास डिस्काउन्ट, १ वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स, निःशुल्क प्रिमियम एसेसोरिज र १० हजार रुपैयाँभन्दा माथिको बुकिङमा गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।

साथै, प्रत्येक बुकिङकर्ता सामसुङ ग्यालेक्सी एस२६ अल्ट्राको लक्की ड्रमा सहभागी हुन योग्य हुनेछन्। कम्पनीले एमजी म्याजेस्टर केवल एउटा गाडी मात्र नभएर उत्कृष्टताको माग गर्ने र उदाहरण प्रस्तुत गर्दै नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति भएको जनाउँदै नेपालमा यो असाधारण मेसिनका प्रारम्भिक मालिकहरूमध्ये एक बन्न ग्राहकहरूलाई आमन्त्रण गरेको छ।