रिलायबल समृद्धि योजनाको लाभांश घोषणा, नगद कति ?
काठमाडाैं । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले आफ्नो व्यवस्थापनमा रहेको रिलायबल समृद्धि योजनाका इकाईधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
साउन २८ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले योजनाका इकाईधनीहरुलाई ८.४२१०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
लाभांश वितरण प्रयोजनार्थ क्यापिटलले भदौ १० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। भदौ ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो दरमा लाभांश प्राप्त गर्न सक्नेछन्।













