सुनको मूल्यमा भारी गिरावट, प्रतितोला कति ?
काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेर ३ लाख १ हजार ६ सय रुपैयाँमा झरेको हो।
बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। हिजो पनि सुनको मूल्य ५ सय रुपैयाँले घटेको थियो।
यसैबीच चाँदीको मूल्यमा समेत गिरावट आएको छ। चाँदीको भाउ एकैदिन प्रतितोला ९० रुपैयाँले घटेको हो। शुक्रबार चाँदी प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँ रहेको थियो।













