२९ श्रावण २०८३, शुक्रबार

जीओ अटोमोबाइल्स र ई-ड्राइभ नेपालबीच ५० वटा एमजी विन्डसर कम्युटका लागि ऐतिहासिक सम्झौता



काठमाडौं। नेपालको तीव्र रूपमा विस्तार भिरहेको विद्युतीय सवारीसाधन (ईभी) क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा, जेएसडब्लू एमजी मोटर इन्डियाको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्राली र ई-ड्राइभ नेपालबीच ५० वटा अत्याधुनिक एमजी विन्डसर कम्युट उपलब्ध गराउने महत्वपूर्ण व्यावसायिक सम्झौता सम्पन्न भएको छ।

यस सम्झौताअन्तर्गत ५० वटा एमजी विन्डसर ईभी मध्ये १६ वटा सवारीसाधन १३ अगस्ट २०२६ मा ई-ड्राइभ नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। यो प्रारम्भिक हस्तान्तरणसँगै नेपालमा विद्युतीय सवारीसाधनलाई व्यावसायिक फ्लीटमा समावेश गर्ने दिशामा नयाँ अध्यायको सुरुवात भएको छ।

यस साझेदारीबारे जीओ अटोमोबाइल्स प्रालीका प्रबन्ध निर्देशक आकाश गोल्छाले भने, “५० वटा एमजी विन्डसर इभीको खरिदले नेपालको व्यावसायिक क्षेत्रमा विद्युतीय गतिशीलताप्रतिको बढ्दो विश्वासलाई प्रतिबिम्बित गर्दछ। ई-ड्राइभ नेपालसँगको हाम्रो साझेदारी दिगो र अत्याधुनिक सवारीसाधनमार्फत नेपाली बजारमा नयाँ पुस्ताको मोबिलिटी समाधान उपलब्ध गराउने हाम्रो दृष्टिकोणसँग पूर्ण रूपमा मेल खान्छ। एमजी विन्डसर कम्युटले आराम, प्रविधि र दक्षताको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने भएकाले आधुनिक फ्लीट सञ्चालनका लागि यो एक उपयुक्त विकल्प हो।”

त्यस्तै, ई -ड्राइभ नेपालका प्रतिनिधिले भने, “एमजी विन्डसर ईभीलाई फ्लीटमा समावेश गर्नु हाम्रा लागि महत्वपूर्ण उपलब्धि हो। यसले हाम्रा प्रयोगकर्तालाई प्रिमियम, किफायती तथा शून्य-उत्सर्जनयुक्त यात्रा सेवा प्रदान गर्न सक्षम बनाउनेछ। साथै, यसले नेपालका शहरी क्षेत्रमा स्वच्छ तथा दिगो यातायात प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ।”

एमजी विन्डसर कम्युट ईभी: फ्लीट सञ्चालनका लागि उपयुक्त विद्युतीय एसयुभी एमजी विन्डसर इभीमा व्यावसायिक फ्लीट सञ्चालनलाई ध्यानमा राख्दै आराम, कार्यक्षमता र प्रविधिको उत्कृष्ट संयोजन प्रदान गर्ने विभिन्न विशेषताहरू रहेका छन्।

मुख्य विशेषताहरू:

  • शक्तिशाली प्रदर्शन र रेन्ज : १०० किलाेवाटको अधिकतम पावर र २०० एनएम टर्क उत्पादन गर्ने मोटरसहित ३८ किलाेवाट आवर ब्याट्री जडान गरिएको छ। यसले एक पटकको चार्जमा ३३० किलोमिटरभन्दा बढीको रेन्ज प्रदान गर्दछ, जुन आधुनिक फ्लीट सञ्चालनका लागि उपयुक्त छ।
  • प्रिमियम इन्टेरियर : अत्याधुनिक १३५ डिग्रीसम्म रिक्लाइन हुने एरो-लाउन्ज सिट्सले यात्रुलाई उच्चस्तरीय आराम प्रदान गर्दछ।
  • द्रुत चार्जिङ : र्‍यापिड चार्जिङ क्षमताका कारण चार्जिङमा लाग्ने समय कम हुनुका साथै फ्लीट सञ्चालनमा हुने डाउनटाइमलाई न्यून गर्न मद्दत गर्दछ।
  • सर्भिस तथा स्पेयर पार्ट्सको सहज उपलब्धता: एमजी विन्डसर ईभीलाई व्यापक सर्भिस नेटवर्क तथा प्रतिस्पर्धी मूल्यमा स्पेयर पार्ट्सको सहज उपलब्धताको सुविधा प्राप्त छ। यसले ग्राहकलाई सर्भिसिङ तथा मर्मतसम्भारमा थप सहजता प्रदान गर्दछ।
  • व्यापक वारेन्टी : हाइ-भोल्टेज मोटरमा ८ वर्ष वा १,६०,००० किलोमिटर, जुन पहिले आउँछ, सम्मको वारेन्टी उपलब्ध छ। त्यस्तै, हाइ-भोल्टेज मोटर बाहेक सम्पूर्ण सवारीसाधनमा व्यावसायिक प्रयोगका लागि ३ वर्ष वा १,००,००० किलोमिटर, जुन पहिले आउँछ, सम्मको वारेन्टी रहेको छ।
  • उच्च ग्राउन्ड क्लियरेन्स : १८६ मिलिमिटरको ग्राउन्ड क्लियरेन्सले एमजी विन्डसर ईभीलाई नेपालको विविध तथा चुनौतीपूर्ण सडक अवस्थाका लागि समेत उपयुक्त बनाउँछ।