३० श्रावण २०८३, शनिबार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको कुल व्यापार साढे ४ अर्ब नजिकः बीमा कोषकाे आकार ७१ प्रतिशतले बढ्याे



काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा कोषको आकार ७१.४० प्रतिशतले बढेको छ।

शनिबार प्रकाशित गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको बीमा कोषमा ९ अर्ब ६६ करोड २५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बीमा कोषमा ५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ थियो।

यसैगरी, समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ४५ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षकाे तुलनामा ३.९७ प्रतिशतले बढी हाे । अघिल्लो वर्षमा कम्पनीले ४ अर्ब २८ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

यता सिद्धार्थ प्रिमियरकाे खुद बीमाशुल्क आर्जन भने २.९२ प्रतिशतले घटेकाे छ। कम्पनीले समीक्षा वर्षमा २ अर्ब १८ करोड ६१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले २ अर्ब १२ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले ३२ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ७५ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीको नाफा समीक्षा वर्षमा ५६.७५ प्रतिशतले घटेको हो।

चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको यस कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (इपीएस) घटेर ११ रुपैयाँ ६५ पैसामा झरेको छ। अघिल्लो वर्ष यस्तो इपीएस २६ रुपैयाँ ९३ पैसा रहेको थियो। यसैगरी, ६३.६३ गुणा पीई रेसियो रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ २६ पैसा कायम भएको छ।

समिक्षा अवधिमा कम्पनीको विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ति कोषमा २५ करोड ६९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५४ करोड ८२ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १९ करोड २२ लाख रुपैयाँ रहेको छ।