बीएमसीका विद्यार्थीको उत्कृष्ट क्याम्ब्रिज नतिजा, ७ जनाले ए स्टार र ३३ जनाले ए ग्रेड ल्याए
काठमाडौं । ब्रिटिश एजुकेसन ग्रुपअन्तर्गतको तथा द ब्रिटिश कलेजको भगिनी संस्था ब्रिटिश मोडल कलेज (बीएमसी) का विद्यार्थीहरूले क्याम्ब्रिज इन्टरनेसनल एएस एन्ड ए लेभल मे/जुन २०२६ परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका छन्।
परीक्षामा सहभागी १०६ जना विद्यार्थीजमध्ये ९४ प्रतिशत उत्तीर्ण भएका छन्। नतिजाअनुसार ७ जना विद्यार्थीले लगातार ए स्टार तथा ३३ जनाले लगातार ए ग्रेड हासिल गरेका छन्। कलेजका अनुसार यो नतिजाले विद्यार्थीहरूको शैक्षिक प्रतिबद्धता र कलेजले प्रदान गर्दै आएको सहयोगी सिकाइ वातावरणलाई प्रतिबिम्बित गर्छ।
कलेजले विद्यार्थीहरूको महिनौँको निरन्तर तयारी, शिक्षकहरूको समर्पण तथा अभिभावकको निरन्तर प्रोत्साहन र सहयोगका कारण यस्तो उपलब्धि हासिल भएको जनाएको छ।
ब्रिटिश एजुकेसन ग्रुपका हेड अफ स्कुल्स राजन कुमार राईले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई बधाई दिँदै यो उपलब्धि बीएमसी र समग्र ब्रिटिश एजुकेसन ग्रुपका लागि गर्वको क्षण भएको बताए।
उनले विद्यार्थीमा शैक्षिक उत्कृष्टता, आत्मविश्वास र महत्त्वाकांक्षा विकास गर्ने वातावरण निर्माणप्रतिको प्रतिबद्धतालाई नतिजाले पुष्टि गरेको बताए। बीएमसी तथा ब्रिटिश एजुकेसन ग्रुपले विद्यार्थीलाई आगामी शैक्षिक तथा व्यावसायिक यात्रामा सफल बनाउन आवश्यक आधार प्रदान गर्न निरन्तर काम गर्ने उनको भनाइ छ।
ए लेभल पूरा गरेका विद्यार्थीका लागि प्राप्त नतिजा उच्च शिक्षातर्फको आगामी यात्रा तथा भावी करियरका लागि महत्त्वपूर्ण उपलब्धि बनेको कलेजले जनाएको छ।
बीएमसीले उत्कृष्ट नतिजा हासिल गर्ने सबै विद्यार्थीलाई बधाई दिँदै उपलब्धिमा योगदान पुर्याउने शिक्षक, अभिभावक तथा सम्पूर्ण कलेज परिवारप्रति आभार व्यक्त गरेको छ।













