१ भदौ २०८३, सोमबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले महँगिएको हो।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ। आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअघि आइतबार पनि सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको थियो। लगातार दोस्रो दिन सुनको मूल्य बढेको हो।

सोमबार चाँदीको मूल्य समेत बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँ पुगेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ७ सय १० रुपैयाँ रहेको चाँदी आज ६० रुपैयाँले महँगिएको हो।