सांग्रिला डेभलपमेन्ट बैंकका शेयरधनीले पाउने भए १०.५२ प्रतिशत लाभांश, बोनस र नगद कति ?
काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
भदौ १ गते अपराह्न ४ बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँको ४ प्रतिशत बोनस शेयर र ६.५२६३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले घोषणा गरेको बोनस र नगदसहित कुल १०.५२६३ प्रतिशत लाभांश वितरण हुनेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछन् ।













