नाइमा एक्स्पोमा एथर स्कुटरप्रति ग्राहकको उल्लेखनीय आकर्षण, ५०० भन्दा बढी बुकिङ
काठमाडौं। वैद्य इनर्जी प्रालिअन्तर्गतको एथर नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ५०० भन्दा बढी बुकिङ हासिल गर्न सफल भएको छ। छ दिनसम्म सञ्चालन भएको उक्त एक्स्पोमा एथरका नयाँ इलेक्ट्रिक स्कुटर, अत्याधुनिक टेक्नोलोजी र बलियो ओनरसिप इकोसिस्टमप्रति नेपाली ग्राहकको उत्साहजनक प्रतिक्रिया देखिएको हो।
यसपटकको उपलब्धि आकर्षक प्रमोसनल स्किमका कारण हासिल भएको नभई विश्वास, ब्याट्री एस्योरेन्स, सर्भिस एक्सेसिबिलिटी, चार्जिङ इन्फ्रास्ट्रक्चर र प्राक्टिकल टेक्नोलोजीमा एथर नेपालले गरेको निरन्तर लगानीको परिणामका रूपमा आएको कम्पनीले जनाएको छ।
पर्चेजपछि पनि कायम रहने एथर एस्योरेन्स
इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकका लागि प्रोडक्टबाहेक ब्याट्री, सर्भिस र चार्जिङको सुविधा महत्वपूर्ण विषय बन्दै गएको छ। यही आवश्यकतालाई ध्यानमा राख्दै एथर नेपालले नेपालमा एथर एस्योरेन्सलाई निरन्तर बलियो बनाउँदै आएको छ।
एट–सेभेन्टी वारेन्टीअन्तर्गत एथरले ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गर्दै आएको छ। लागू हुने टर्म्स एन्ड कन्डिसन्सअनुसार ब्याट्री हेल्थ कम्तीमा ७० प्रतिशत कायम रहने एस्योरेन्ससमेत यसमा समावेश छ। यसले इलेक्ट्रिक भेहिकल खरिद गर्दा ग्राहकमा रहने दीर्घकालीन ब्याट्री रिलायबिलिटीसम्बन्धी चिन्तालाई सम्बोधन गर्न मद्दत गरेको छ।
त्यसैगरी, नेपालभर १० भन्दा बढी अथोराइज्ड सर्भिस सेन्टर र ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड विस्तार भइसकेको छ। यसले एथरको ओनरसिप एक्सपेरियन्स शोरुम वा स्कुटर खरिद गर्ने क्षणमा मात्र सीमित नभई दैनिक प्रयोग र दीर्घकालीन ओनरसिपसम्म जोडिएको देखाउँछ।
नाइमामा आएका ग्राहकको प्रतिक्रियाले पनि एउटा महत्वपूर्ण परिवर्तन देखाएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ग्राहकले अब केवल स्कुटर किन्न खोजिरहेका छैनन्, उनीहरू स्कुटरसँगै आउने सम्पूर्ण इकोसिस्टम र एस्योरेन्सलाई पनि उत्तिकै महत्व दिन थालेका छन्।
नयाँ ओभरटोन सिरिजले बढायो टेक्नोलोजीप्रति आकर्षण
नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको एथर ४५० ओभरटोन सिरिजले पनि ग्राहकको विशेष ध्यान आकर्षित गरेको थियो।
एथरको नयाँ टेक्नोलोजी–लेड राइडिङ एक्सपेरियन्सलाई ग्राहकले प्रत्यक्ष अनुभव गर्ने अवसर पाए। विशेषगरी निम्न फिचर्सप्रति आगन्तुकहरूको उत्साह देखिएको थियो।
- म्याजिक ट्विस्ट – थ्रोटलको इन्ट्युटिभ ट्विस्टमार्फत रिजेनेरेटिभ ब्रेकिङलाई सहज रूपमा नियन्त्रण गर्ने सुविधा।
- इन्फिनिट क्रुज – लामो दूरीमा राइडिङलाई अझ सहज र इन्ट्युटिभ बनाउन डिजाइन गरिएको सुविधा।
- भ्वाइस अन एथर – भ्वाइस–बेस्ड इन्टर्याक्सन र कनेक्टेड टेक्नोलोजीमार्फत स्कुटरसँग अझ प्राकृतिक रूपमा इन्टर्याक्ट गर्न सकिने सुविधा।
यी फिचर्सले एथरलाई केवल एउटा इलेक्ट्रिक स्कुटरका रूपमा नभई टेक्नोलोजी–लेड मोबिलिटी प्लेटफर्मका रूपमा अनुभव गर्ने अवसर प्रदान गरेको थियो।
नयाँ ओभरटोन सिरिजसँगै एथर ४५० सिरिज र रिज्टा फ्यामिलीले पनि ग्राहकलाई पर्फर्मेन्स, कम्फर्ट र दैनिक सहरी मोबिलिटीका विभिन्न आवश्यकताअनुसार विकल्प उपलब्ध गराएको थियो।
५०० भन्दा बढी बुकिङ एथरका लागि महत्वपूर्ण उपलब्धि
नाइमा मोबिलिटी एक्स्पोमा प्राप्त ५०० भन्दा बढी बुकिङ एथर नेपालका लागि केवल एउटा सेल्स माइलस्टोन मात्र नभएको कम्पनीले जनाएको छ। यो नेपालमा इलेक्ट्रिक मोबिलिटीप्रति बढ्दै गएको विश्वास र एथरले निर्माण गरिरहेको ओनरसिप इकोसिस्टमप्रति ग्राहकको भरोसाको संकेत पनि हो।
एथर नेपालले भनेको छ, “नाइमामा ग्राहकबाट प्राप्त प्रतिक्रिया हाम्रो लागि निकै उत्साहजनक छ। ग्राहकहरू सर्ट–टर्म अफर मात्र हेरेर निर्णय गर्ने अवस्थामा छैनन्। उनीहरूलाई प्रोडक्टमा विश्वास, ब्याट्रीमा एस्योरेन्स, सर्भिस र चार्जिङमा एक्सेसिबिलिटी तथा आफ्नो राइडिङ एक्सपेरियन्सलाई वास्तविक रूपमा सहज बनाउने टेक्नोलोजी चाहिएको छ। ५०० भन्दा बढी बुकिङले यही विश्वासलाई प्रतिबिम्बित गरेको छ।”
नेपालमा आफ्नो प्रेजेन्स निरन्तर विस्तार गर्दै एथर नेपालले टेक्नोलोजी, रिलायबिलिटी र कस्टमर एस्योरेन्सलाई केन्द्रमा राखेर इलेक्ट्रिक मोबिलिटी इकोसिस्टम निर्माण गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिने जनाएको छ।
नयाँ टेक्नोलोजी, विस्तार हुँदै गएको चार्जिङ नेटवर्क, बढ्दो सर्भिस इन्फ्रास्ट्रक्चर र दीर्घकालीन ब्याट्री एस्योरेन्समार्फत एथर नेपालको उद्देश्य नेपाली राइडरका लागि इलेक्ट्रिक मोबिलिटीमा ट्रान्जिसनलाई अझ विश्वसनीय, सहज र प्राक्टिकल बनाउनु हो।













