सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो
काठमाडौँ। साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट आएको छ। मंगलबार सेयर बजार परिसूचक (नेप्से) १९ दशमलव ३४ अंकले घट्दै २६ सय २२ दशमलव ४८ अंकमा पुगेर बजार बन्द भएको हो। सोमबार पनि नेप्से परिसूचक २.२५ अंकले घटेर २६ सय ४१ दशमलव ५८ अंक पुगेको थियो।
आज २ सय १७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५७ कम्पनीको सेयर मूल्य बढेको छ र ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। मंगलबार १ करोड ५१ लाख ९६ हजार ९ सय ८२ कित्ता सेयर किनबेच भएका छन्।
१३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत घटेको छ।
यसैबीच नेप्सेको ओरालो यात्रासँगै आज कारोबार रकम पनि खुम्चिएको छ। मंगलबार ५ अर्ब ७ करोड ३५ लाख १८ हजार रुपैँया बराबरको कारोबार भएको छ। सोमबार ५ अर्ब ५२ करोड ५५ लाख रुपैँया बराबरको कारोबार भएको थियो ।
सबैभन्दा बढी कारोबार कसको ?
आज सबैभन्दा धेरै एग्रिकल्चर बोन्डको कारोबार भएको छ । आज यसको ५० करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ। त्यसपछि सोलु हाइड्रोको ३९ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने खानीखोला हाइड्रोको २५ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सबैभन्दा बढी कसले कमाए ?
आज सबैभन्दा धेरै सर्वोतम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । सर्वोतम पेन्ट्समा १४ दशमलव ९९ प्रतिशतले सकारात्मक सर्किट लागेको छ। यस्तै, माउन्ट एभरेष्टका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । मनकामना इन्जिनियरिङका लगानीकर्ताले ४ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् ।
अर्कोतर्फ सबैभन्दा धेरै गुमाउनेमा सगरमाथा जलविद्युतका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले १० दशमलव ६३ प्रतिशतका दरले गुमाएका हुन् ।













