३ भदौ २०८३, बुधबार

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पन्च ईभी र टियागो ईभी लिन सकिने



काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा कार्निभलको चौथो संस्करण आयोजना गर्ने भएको छ। भदौ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने कार्निभलमा ग्राहकले आफ्नो पुरानो गाडी दिएर नयाँ पन्च ईभी वा टियागो ईभी खरिद गर्न सक्नेछन्।

कम्पनीका अनुसार पुरानो गाडीलाई डाउन पेमेन्टका रूपमा प्रयोग गरी टाटा मोटर्सका नयाँ विद्युतीय गाडी खरिद गर्न सकिनेछ। योजनाअन्तर्गत पुरानो गाडीको आकर्षक मूल्यांकनसँगै ग्राहकलाई विभिन्न सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

कार्निभल अवधिमा टाटाका गाडी बुकिङ गर्ने ग्राहकले आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसोरिज र निःशुल्क होम चार्जिङ जडानलगायतका सुविधा पाउनेछन्।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा नयाँ पन्च ईभी र टियागो ईभी विशेष अफरसहित नेपाली बजारमा सार्वजनिक गरिएको थियो। पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ र टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

नयाँ पन्च ईभी अत्याधुनिक एक्टिभ ईभी प्लेटफर्ममा आधारित छ। यो ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टा क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। नेपालका सडकमा गरिएको परीक्षणअनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा ३०० देखि ३२५ किलोमिटरसम्मको दूरी तय गर्न सक्ने कम्पनीले जनाएको छ।

पन्च ईभीमा १९५ मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स, ५ स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, फास्ट चार्जिङ सुविधा, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हरमन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायत सुविधा छन्।

त्यस्तै, दैनिक आवतजावतलाई लक्षित गरी ल्याइएको नयाँ टियागो ईभीमा नयाँ डिजाइन, विभिन्न आकर्षक रङ, ३६० डिग्री एचडी क्यामेरा, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट प्रणाली र ६ वटा एयरब्यागलगायतका सुविधा उपलब्ध छन्।

कार्निभलमार्फत पुरानो गाडीको उचित मूल्यांकनसहित नयाँ विद्युतीय सवारीमा सहज रूपमा अपग्रेड हुने अवसर प्रदान गर्न खोजिएको कम्पनीले जनाएको छ।