३ भदौ २०८३, बुधबार

उद्योग वाणिज्य महासंघको शहरी विकास समिति सदस्यमा क्षेत्री मनोनित



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको शहरी विकास समितिमा हिमालय जंग क्षेत्रीलाई सदस्यका रूपमा मनोनयन गरिएको छ। कार्यकारिणी समिति सदस्य विदुर धमलाको सभापतित्वमा रहेको उक्त समितिमा महासंघका अध्यक्ष अन्जन श्रेष्ठले क्षेत्रीलाई मनोनित गरेका हुन्।

पूर्वाधार निर्माण तथा शहरी विकासको क्षेत्रमा हासिल गरेको लामो अनुभव, विज्ञता र सक्रियताको उच्च मूल्यांकन गर्दै चम्से कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक क्षेत्रीलाई यो जिम्मेवारी सुम्पिएको महासंघले जनाएको छ।

क्षेत्रीको विषयगत ज्ञान र योगदानबाट समितिका आगामी गतिविधिहरू अझ बढी प्रभावकारी, व्यवस्थित र नतिजामुखी बन्नेमा महासंघ विश्वस्त रहेको छ।