गभर्नर पौडेलले उद्घाटन गरे गरिमा विकास बैंकको नयाँ केन्द्रीय कार्यालय
काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले गरिमा विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय उद्घाटन गरेका छन्।बालुवाटारस्थित बैंकको आफ्नै नयाँ भवनमा स्थानान्तरण गरिएको केन्द्रीय कार्यालयको बुधबार पौडेलले उद्घाटन गरेका हुन्।
उद्घाटनपछि गभर्नर पौडेलले बैंकको नयाँ कार्यालय परिसरको अवलोकन गरेका थिए। उनले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यकक्षसमेत निरीक्षण गरेका थिए। उद्घाटन तथा कार्यालय अवलोकनपछि गभर्नर पौडेलले आफ्नो मन्तव्य समेत नदिई कार्यलय स्थलबाट बाहिरिए।
गरिमा विकास बैंकले आफ्नो रजिष्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौँ महानगरपालिका–२, लाजिम्पाटबाट बालुवाटारमा स्थानान्तरण गरेको हो।बैंकको २०८२ कात्तिक २७ गते सम्पन्न १९औँ वार्षिक साधारण सभाको निर्णयअनुसार कार्यालय स्थानान्तरण गरिएको जनाएको छ।
आज बुधबारदेखि लागू हुने गरी बैंकको केन्द्रीय कार्यालय बालुवाटारस्थित आफ्नै नयाँ भवनबाट सञ्चालनमा आएको छ।













