४ भदौ २०८३, बिहिबार

बीवाइडीलाई सीधा चुनौती दिँदै नेपाल भित्रियो दिपल नेभो क्यु ०५: कस्ता छन् अद्भूत फिचर ?



काठमाडाैं । प्रिमियम फिचर भएकाे दिपल दिपल नेभाे क्यु ०५ नेपाल भित्रिएकाे छ। नेपालका लागि दिपलको आदिकारीक बिक्रेता एमएडब्लु वृद्धिले आगामी नाडा अटो शो २०२६ मा याे गाडी सार्वजनिक गर्ने तयारी गरेकाे हाे ।

दिपल नेभो क्यु ०५ बाहिरबाट कम्प्याक्ट देखिए पनि भित्र भने निकै फराकिलो रहेको छ। यसमा २ हजार ७ सय ३५ एमएमको ह्विलबेस छ, जुन यो सेग्मेन्टमै सबैभन्दा लामो हो। यसको केबिन स्पेस उपयोग क्षमता ८६.६ प्रतिशत रहेकाले पछाडि बस्ने यात्रुहरूले गोडा तन्काउन पर्याप्त खाली ठाउँ पाउँछन्।

यस गाडीमा ५४० लिटरको ‘डुअल-लेभल बूट’ (सामान राख्ने ठाउँ) रहेको छ, जसमा ९० लिटरको लुकेको भाग समावेश छ। साथै, १.८ वर्गमिटरको ‘प्यानोरामिक ग्लास रूफ’, भेन्टिलेटेड पावर फ्रन्ट सिट, र पछाडिका यात्रुका लागि २-लेभल रिक्लाइनिङ सिटको सुविधा दिइएको छ।

शान्त यात्राको लागि यसमा ६७ भन्दा बढी साउन्ड-इन्सुलेसन पोइन्टहरू प्रयोग गरिएका छन्, जसले ६० किमी/घण्टाको गतिमा गाडी गुडाउँदा ६२ डीबी मात्र आवाज निकाल्छ।

गाडीको अगाडिको भागमा ‘डिजिटल विङ २.० फुल-विड्थ डीआरएल’ (दिनमा बल्ने बत्ती) र पछाडि ‘स्टार-रिङ म्याट्रिक्स टेललाइट’ राखिएको छ। ०.२६५ सिडीको ड्राग कोफिसिएन्ट भएको यो गाडी हावाको अवरोध कम गर्ने गरी डिजाइन गरिएको छ।

यसमा २५६-रङको एम्बियन्ट लाइटिङ, सेमी-हिडन डोर ह्यान्डल र १८-इन्चको एलोय ह्विल (एल्युमिनियम वा म्याग्नेसियम जस्ता धातुहरू मिसाएर तयार पारिएको पाङ्ग्रा) राखिएका छन्।

नेभो क्यु ०५ अरोरा नोभा, मुनलाइट ह्वाइट, मर्करी सिल्भर, स्टारलाइट ग्रे र डिप स्पेस ब्ल्याक गरी ५ वटा रङहरूमा उपलब्ध हुने कम्पनीले जनाएकाे छ।

द्रुत चार्जिङ, ब्याट्री सुरक्षा र उच्च प्रविधि

दिपल नेभो क्यु ०५ मा ५१.९ किलोवाट आवर एलएफपी सीएटीएल गोल्डेन सिल्ड २.० ब्याट्री प्रयोग गरिएको छ । जसले एनईडीसी अनुसार ४६२ किमी रेन्ज दिन्छ।

यस गाडीमा १६२ किलोवाटको डीसी फास्ट चार्जिङ (थ्रिसी) प्रविधि छ, जसले गर्दा ३० देखि ८० प्रतिशतसम्म मात्र १५ मिनेटमा चार्ज गर्न सकिन्छ। कम्पनीका अनुसार ५ मिनेटको चार्जमा करिब १०० किमी रेन्ज थप्न सकिन्छ।

यसको ब्याट्रीलाई ५ हजार भन्दा बढी चार्ज-साइकल लाइफस्पान र माइन्स ३० डिग्री सेल्सियससम्मको तापक्रममा परीक्षण गरिएको छ।

यसमा रहेको ३.३ किलोवाटको भी टु एल प्रविधिमार्फत गाडीको ब्याट्री प्रयोग गरेर बाहिरै कफी मेसिन, प्रोजेक्टर वा बत्तीहरू सजिलै चलाउन सकिन्छ।

यस गाडीमा १२० किलोवाट क्षमताको मोटर छ जसले ८.२ सेकेन्डमै ० देखि १०० किलाेमिटर प्रतिघण्टाको गति लिन सक्छ। सुरक्षाका लागि यसमा १८ वटा एडीएएस फिचरहरू समावेश छन्, जसमा इमर्जेन्सी लेन किपिङ, ब्लाइन्ड स्पट डिटेक्टसन, रियर क्रस-ट्राफिक ब्रेकिङ र सेफ एक्जिट असिस्ट पर्दछन्।

गाडीको ड्यासबोर्डमा १४.६-इन्चको १०८० पी टचस्क्रिन र १०.१७-इन्चको डिजिटल क्लस्टर छ, जुन मिडियाटेक एमटी ८६७५ अटोमोटिभ चिपद्वारा सञ्चालित छ। अन्य सुविधाहरूमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, ५० वाटको वायरलेस चार्जिङ, बिल्ट-इन ड्यासम्याक, ३ डी ५४०-डिग्री क्यामेरा, ३.३ किलोवाट भी टु एल, मोबाइल एप कनेक्टिभिटी, ब्लुटुथ कि, र ओटीए अपडेट सुविधाहरू रहेका छन्।

सेग्मेन्टमै पहिलो ५ वर्षको वारेन्टी: एट्टो २ र एट्टो ३ लाई पछि पार्ने दाबी

एमएडब्लू वृद्धिले यस गाडीमा नेपालकै सेग्मेन्ट-फर्स्ट ५ वर्ष वा १ लाख ५० हजार किमीको वारेन्टी प्रदान गर्ने जनाएको छ।

नेभो क्यु ०५ ले आफ्नो मुख्य प्रतिस्पर्धी बीवाइडी एट्टो २ र माथिल्लो सेग्मेन्टको बीवाइडी एट्टो ३ लाई ह्विलबेस, बुट स्पेस, चार्जिङ स्पीड, र एडीएस फिचरहरूमा पछि पार्ने दाबी गरेको छ।

जस्तै, एट्टो २ मा २ हजार ६ सय २० एमएम ह्विलबेस, ३८० लिटर बुट स्पेस, ८२ किलाेवाट चार्जिङ र १० वटा एडीएएस फिचर मात्र छन् भने एट्टो ३ मा २ हजार ७२० एमएम ह्विलबेस रहेको छ।

नेभो क्यु ०५ ले यी दुवै मोडलको तुलनामा बढी फराकिलो केबिन, १६२ किलाेवाटको दुई गुणा द्रुत चार्जिङ, र १८ वटा एडीएएस फिचरहरू प्रदान गर्ने कम्पनीकाे दाबी छ।

यो गाडी फोक्सवागन ग्रुपका पूर्व ग्लोबल डिजाइन प्रमुख क्लास ज्यासियोराको नेतृत्वमा ९१५ जना डिजाइनरहरूको टोलीले तयार पारेको हो। यसको उत्कृष्ट र आकर्षक बनावटका कारण गाडीको डिजाइनले अन्तर्राष्ट्रिय रूपमा चर्चित गोल्डेन ए डिजाइन अवार्डसमेत जितेको छ।