४ भदौ २०८३, बिहिबार

लगातार ४ दिनको गिरावटपछि सेयर बजारमा झिनो सुधार, नेप्से ७.१७ अंकले बढ्दा ४ अर्ब ४० करोडकाे काराेबार



काठमाडौं। लगातार ४ दिन घटेको सेयर बजारमा बिहिबार झिनो सुधार देखिएको छ। आज नेपाल स्टक एक्सचेञ्ज नेप्से ७.१७ अंकले बढेर २६ सय २९ दशमलव ४० बिन्दुमा पुगेको छ।

आज वाणिज्य बैंक, हाइड्रोपावर, लगानी, जीवन बीमा उत्पादन तथा प्शोधन र अन्य समुहका उपसूचक बढेका छन् भने बाँकी सबै उपसूचक घटेका छन् ।

नेप्सेसँगै यसदिन कारोबार रकममा पनि सुधार देखिएको छ। आज ३४५ कम्पनीको ९५ लाख ७६६ कत्तिा सेयर ४ अर्ब ४० करोड १४ लाख रुपैयाँमा किनबेच भएको छ।

हिजो ३४६ कम्पनीको ९५ लाख ४ हजार १२० कित्ता सेयर ३ अर्ब २९ करोड ५८ लाख ४९ हजार रुपैयाँमा किनबेच भएको थियो ।

यसदिनको कारोबारमा १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ वटै कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै १३ वटाको स्थिर रहेको छ।

आज माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्टस् इन्डष्ट्रिजको सेयर मूल्य समान १४.९९ प्रतिशत बढेको छ।