५ भदौ २०८३, शुक्रबार

आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरि शरण अर्याल नियुक्त



काठमाडौँ। आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरिशरण अर्याल नियुक्त भएका छन्। उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

डा. अर्याल नेपाल आयुर्वेद मेडिकल काउन्सिल र सिंहदरबार वैद्यखाना विकास समितिका पूर्वकार्यकारी सदस्यसमेत हुन्। कायचिकित्सा विषयमा एमडी गरेका डा. अर्यालले स्वर्ण पदकसहित विशिष्ट श्रेणी हासिल गरेका छन्।

उनी सन् २००९ देखि नेशनल नेचर केयर हस्पिटलमा मेडिकल डाइरेक्टरका रूपमा कार्यरत छन्। यसअघि उनले नरदेवीस्थित आयुर्वेद अस्पतालमा कन्सल्टेन्ट कायचिकित्सकका रूपमा काम गरेका थिए ।